धनगढी: कैलालीमा सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) ले तस्करीका अवैध सामान र मोटरसाइकल समात्ने अभियान थालेको छ। जसअन्तरगत आरआइटीले (हिजो) शनिबार ३ वटा मोटरसाइकल बरामद गरेर एक गोदाममा छापा हानेको छ।
प्रहरीका अनुसार भजनीको वडा नम्बर ७ हिम्मतपुर भारतबाट सामान ल्याउने २ वटा दुई नम्बरी मोटरसाइकल बरामद गरिएको छ। यस्तै उता टीकापुरको कालाकुण्डाबाट पनि एक १ मोटरसाइकल समातिएको छ।
त्यस्तै त्यहाँको मिलन खुद्रा पसललाई अवैध सामान राख्ने गोदाम बनाइएकोमा त्यहाँ छापा हानेर सामानहरु बरामद गरिएको छ।
Facebook Comments Box