धनगढी: धनगढीमा सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) ले लागुऔषधसहित ३ युवायुवतीलाई पक्राउ गरेको छ। हिजो (सोमबार) धनगढी उप-महानगरपालिका-८ क्याम्पस चोक नजिकबाट धनगढी-१७ बस्ने वर्ष ३१ का पप्पु राना र धनगढी-३ बस्ने वर्ष १९ की करिष्मा छेडाललाई पक्राउ गरिएको हो।
आरआइटीले उनीहरुलाई शंका लागि चेकजाँच गर्दा ३ ग्राम खैरो हिरोईन फेला परेको जनाएको छ।
यस्तै धनगढी उप-महानगरपालिका १५ कनरीबाट बेलीका १८ वर्षीय प्रदिप रानालाई पनि प्रहरीले पक्राउ गरेको छ। उनलाई शंका लागि चेकजाँच गर्दा ३१० मिलिग्राम खैरो हिरोईन फेला परेको थियो।
अहिले उनीहरुलाई हिरासतमा राखेर थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box