बैतडी: महाकालीमा बगेर भारतको झुलाघाटतर्फका बाबुछोरा बेपत्ता भएका छन्। झुलाघाट निवासी ३९ वर्षीय सन्तोष चन्द र उनका ५ वर्षीय छोरा महाकालीमा बगेर बेपत्ता भएका हुन्। बेपत्ता बालकको भने नाम खुल्न सकेको छैन।
महाकाली नदी किनारमा ट्युबसहित पौडी खेलीरहेका दुवै जना बुवा–छोरा शुक्रबार दिउँसो बगेर बेपत्ता भएका सीमा प्रहरीचौकी झुलाघाटका इन्चार्ज प्रहरी सहायक निरीक्षक जयसिंह भाटले जानकारी दिए।
बेपत्ताको खोजीमा भारतीय प्रहरी जुटेको जानकारी आएको सीमा प्रहरीचौकी झुलाघाटले जनाएको छ।
Facebook Comments Box