धनगढी: बझाङमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन्। चैनपुरस्थित पसल व्यवसाय गरी बस्ने परराज चलाउनेका ४ वर्षीय छोरा आदित्य चलाउने मोटरसाइकलको ठक्करबाट घाइते भएका हुन्।
शुक्रबार साँझ ४ बजे शान्तिमार्ग रोड नजिकै रहेको पसल अगाडी सडक छेउमा खेलिरहेका बालकलाई सुदूरपश्चिम प्रदेश से ५ प १९७० नम्बरको मोटरसाइकलले ठक्कर दिएको हो।
घाइते बालकको अवस्था मध्यम रहेको बताइएको छ। उनको अहिले जयपृथ्वी अस्पतालमा उपचार भइरहेको छ। मोटरसाइकल चालक कञ्चनपुरको कृष्णपुर नगरपालिका–४ गुलरियाका २२ वर्षीय कमल देउवा भने प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यलय बझाङका सुचना अधिकारी दिपेश चौधरीले बताए।
Facebook Comments Box