डोटीः डोटीको एक पालिकामा युवाहरुले श्रमदानबाट बिजुलीको लाइन बिस्तार गरेका छन्। जिल्लाको जोरायल गाउँपालिका –३ का युवाहरूले श्रमदानबाट बिजुली बालेका हुन्।
वडाध्यक्ष नवीन ओझाको अगुवाइमा स्थानीयले श्रमदानबाट विद्युत बिस्तार गर्दै ४ टोलमा बिजुली बालिसकेका छन् भने अन्य टोलमा बिस्तार कार्य जारी रहेको जनाएको छ।
५ वर्षअघि ठेक्का लागेको विद्युत विस्तारको योजना ठेकेदारले अलपत्र पारेपछि ३ सय ७६ पोल श्रमदानबाट बिस्तार कार्य तीव्र छ। तार र पोल ढुवानीमा श्रमदान भएको वडाध्यक्ष ओझाले बताए। ठाउँ ठाउँमा सडक अवरुद्ध हुँदा ठेकेदारले ढुवानी गर्न नसक्दा काम अघि बढ्न सकेको थिएन।
पटक पटक पहल गर्दा पनि ठेकेदार सम्पर्कमा नआएपछि श्रमदानबाट काम गर्न बाध्य भएको वडाध्यक्ष ओझाले बताए।
Facebook Comments Box