धनगढीः बैतडीका एक जनाको भारतमा मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका –६ थलाकाँडा (ठुलसैनी) घर भएका पदमसिंह धामीको दिल्लीमा मृत्यु भएको हो।
उनी रोजगारीको शिलशिलामा भारतको दिल्लीमा बस्थे। विगत तीन वर्षदेखि कामको शिलशिलामा भारतको दिल्लीमा रहेका धामीको सर्पको टोकाइबाट मृत्यु भएको आफन्तले बताएका छन्। सुतिरहेको बेला सर्पले टोकेपछि उनको ज्यान भएको आफन्तले बताएका छन्।
मृतक धामीका २ छोरी ३ छोरा र श्रीमती रहेका छन्। रोजगारीको शिलशिलामा परिवारको सपना बोकेका पदम सिह धामी समग्र गाउँ सहित परिवार शोकमा डुवेको छ।
Facebook Comments Box