काठमाडौँ : नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियारले संसदीय सुनुवाइ समितिको सभापति लिन अस्वीकार गरेका छन् ।
काँग्रेसको शेखर कोइराला-गगन थापा समूहले पार्टीले पाएको चारमध्ये दुई समितिको सभापति माग गरेका थिए । तर सभापति शेरबहादुर देउवाले एउटा समितिमा मात्र दिन चाहे । देउवाले प्रतिनिधि सभाको अर्थ समितिको सभापतिमा सन्तोष चालिसे, सुशासन समितिको सभापति रामहरि खतिवडा र कृषि समितिको सभापतिमा आरजु राणा गरी तीन वटा समितिमा आफ्नो पक्षका सांसदलाई जिम्मेवारी दिइसकेका छन् ।
संघीय संसदको संयुक्त समिति संसदीय सुनुवाइ समितिको सभापतिमा सहमहामन्त्री परियारको नाम सार्वजनिक गरिएको थियो । उनले आफू सभापति नबन्ने बताएका छन् ।
Facebook Comments Box