काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आए पनि छोड्न आवश्यक नभएको बताएका छन्। आज मंगलबार प्रतिनिधि सभामा भएको प्रश्नोत्तरमा असिम शाहले सोधेको प्रश्नको उत्तर दिने क्रममा उनले यस्तो बताएका हुन्।
प्रधानमन्त्रीले भने, ‘यदि अनुसन्धानका क्रममा प्रधानमन्त्री नै आउँछ भने छोड्न आवश्यक छैन मेरो पार्टीको त के कुरा।’ उनले सरकार गठन भएदेखि सुशासनलाई प्राथमिकतामा राखेको बताएका छन्।
आफ्नो पराइ भनेर विभेद नगरेको र भ्रष्टाचारमा संलग्नहरुलाई तथ्य र प्रमाणका आधारमा कारबाही गर्ने उनको भनाइ छ।
Facebook Comments Box