डोटी : डोटीमा डिउटीमा रहेको अवस्थामा एक प्रहरी हवल्दारको मृत्यु भएको छ।
इलाका प्रहरी कार्यालय दिपायलमा कार्यरत दिपायल सिलगढी नगरपालिका- १ तिखाका प्रहरी हवलदार नवराज खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक राजेन्द्र धमलाले जानकारी दिए।
दिपायल विमानस्थलमा डिउटीमा रहेका खड्का बेहोस अवस्थामा भेटिएपछि उपचारका लागि शैलेश्वरी अस्पताल दिपायलमा लगिएकोमा मृत्युु भएको हो।
विगत लामो समय देखि डिप्रेसनको औषधी सेवन गर्दै आएका खड्काको मृत्युको कारण भने खुल्न नसकेको प्रहरी उपरीक्षक धमलाले बताए।
Facebook Comments Box