धनगढी: प्रहरीले सवारी ज्यान मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट गएको टोलीले बेलौरी नगरपालिका–१० का दिलबहादुर चौधरीलाई उनकै घरबाट पक्राउ गरेको हो।
जिल्ला अदालत कञ्चनपुरबाट सवारी ज्यान मुद्दामा १ महिना १६ दिन कैद सजाय भई फरार रहेका चौधरीलाई मंगलबार नै अदालतमा पेश गरी कैद भुक्तानका लागि कारागार पठाइएको प्रहरीले जनाएको छ।
Facebook Comments Box