धनगढी: प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल नआउने भएपछि समाजवादी मोर्चा नेपालकाे सन्देश सभा स्थगित भएकाे छ।
धनगढीमा बुधबार दिउँसो १ बजेका लागि तय भएकाे सुदूरपश्चिम प्रदेशस्तरीय सन्देश सभा अन्तिम समयमा आएर स्थगित भएकाे हाे।
माओवादी केन्द्र सुदूरपश्चिमका सचिव जनक बुढाले प्रधानमन्त्रीसहित माेर्चाका शिर्ष नेताकाे कार्य व्यस्तता कारण सभा अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी दिए ।
प्रदेशस्तरीय सन्देश सभा हुने भएपछि पहाडी जिल्लाका नेता कार्यकर्ताहरू मंगलबार नै धनगढी आइपुगेका थिए ।
सभालाई प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको थियाे ।