कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीलाई पितृशोक परेको छ । चौधरीका ७२ वर्षीय बुवा जनकलाल चौधरीको विद्युतीय करेन्ट लागेर मृत्यु भएको छ ।
मंगलबार साँझ नुहाउने क्रममा पानीको मोटरबाट करेन्ट लागेका उनको धनगढीस्थित निसर्ग अस्पतालमा उपचारका क्रममा गएराति नै मृत्यु भएको पारिवारिक श्रोतलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
Facebook Comments Box