धनगढीः धनगढीमा एक सय रुपैयाँमै शाकाहारी खाना खुवाउने गरी अपि सैपाल थकाली खाना घर एण्ड क्याफे सञ्चालनमा आएको छ । उक्त क्याफेको प्रदेश सभामुख भीमबहादुर भण्डारीले उद्घाटन गरेका छन् ।
धनगढी रङ्गशाला अगाडि बुधबारदेखि सञ्चालनमा आएको खाना घरमा स्पेसल थकाली खाना, कोदो र मकैको रोटी, कोदोको ढिडोसमेत खान पाइनेछ । बझाङको बुङ्गल नगरपालिका घर भएका सञ्चालक रामबहादुर बोहराले करिब ७० लाखको लगानीमा खाना घर र क्याफे सञ्चालनमा ल्याएको बताए ।
खाना घरमा शाकाहारी खाना एक सयमा, मटन र लोकल चिकेन खाना २५० मा, थकाली खाना ४२० रुपैयाँमा र खान कोदो र मकैको रोटी, चटनी, साग र मोहिको १७० रुपैयाँ मूल्य रहेको छ । होटल सञ्चालक बोहराका अनुसार बझाङको अर्गानिक मकै र कोदो अनि भाङोको चटनी र मोही नास्ताको रुपमा उपलब्ध हुनेछ ।
Facebook Comments Box