बैतडी: बैतडीमा सर्पले डसेकी महिलाको झारफुक गर्दागर्दै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सेरीकी ५५ वर्षीया पार्वती घटाल रहेकी छिन् ।
उनलाई मंगलबार राति भान्सामा खाना बनाइरहेका बेला सर्पले टोकेको थियो । उनको राति १ बजे मृत्यु भएको पञ्चेश्वर स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताए ।
घटाललाई झारफुक गर्न वैद्य बोलाइएकोमा झारफुक गर्दागर्दै उनको मृत्यु भएको सार्कीले बताए । जिल्ला अस्पताल बैतडीमा सर्पदंशको उपचार हुने भएपनि अस्पताल नल्याउँदा अकालमै ज्यान जाने गरेको छ ।
Facebook Comments Box