धनगढीः कैलालीमा लागुऔषधसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको अत्तरिया बसपार्कबाट डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बेडपानीका २९ वर्षीय निराजन विष्ट पक्राउ परेका हुन् ।
हाल गोदावरी नगरपालिका–२ तेघरी भाडामा बस्दै आएका उनी बुधवार दुई ग्राम ५८६ मिलिग्राम लागुऔषधसहित पक्राउ परेका इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box