काठमाडौँ: नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल पक्राउ परेका छन् । विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको बताइएको छ ।
बुधबार दिउँसो उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नियन्त्रणमा लिएको एसपी नवराज अधिकारीले जानकारी दिए ।
महराका बाबुछोराले व्यापारीले भेपभित्र लुकाएर ल्याएको नौ किलो सुन छुटाउन भन्सारका कर्मचारीलाई पटक–पटक दबाब दिएको आरोप छ । उनीहरूले भन्सारका अधिकारी र सुन ल्याउने व्यापारीसँग पटक पटक फोन गरेको पनि खुलेको थियो ।
Facebook Comments Box