धनगढी: कैलालीमा ४ जना हातहतियार र गोलीगट्ठासहित समातिएका छन्। हिजो (बुधबार) राति जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं. १ भुरुवाबाट उनीहरु समातिएका हुन्।
प्रहरीका अनुसार पक्राउ पर्नेमा अर्जुन बिक., रामचन्द्र चौधरी ,नरेश डगौरा र सचिन चौधरी रहेका छन्। लम्की प्रहरीको गस्तीमा खटि गएको टोलीले गस्ती गर्दै जाने क्रममा कुन्तीखेत जाने बाटोको छेउमा बसेको अवस्थामाउनीहरुलाई खानतलासी गर्दा निजहरुबाट प्वाइन्ट २२ हर्नेट(बन्दुक) नाल १ ,सोको म्यागजिन थान१, सोको गोलि १५ राउण्ड, बारुद ५ ग्राम फेला पारेको थियो।
त्यसपछि उनीहरूलाई नियन्त्रणमा लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।
Facebook Comments Box