धनगढी: धनगढीमा दुर्घटनामा परेर घाइते भएका एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार बझाङको केदारस्यू गाउँपालिका-५ का ३५ वर्षीय चक्रबहादुर बोहराको मृत्यु भएको हो ।
उनी मंगलवार राति धनगढी उपमहानगरपालिका-७ मनेहरा गौडीमा मोटरसाइकल दुर्घटनामा परेका थिए । उनी सवार सुपप्र ०१००८ प ५७६५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको र उनको उपचारका क्रममा सेती अस्पतालमा मृत्यु भएको कैलाली प्रहरीले बताएको छ ।
Facebook Comments Box