काठमाडौँ: चीनले नेपालको नयाँ चुच्चे नक्सा स्वीकार नगरेको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले चीन भ्रमण रद्द गरेका छन् ।
चीन सरकारले हालै आफ्नो नक्सा सार्वजनिक गर्दा नेपालको नयाँ नक्सा अनुसारको भूभाग नदेखाएको र नेपाली भूभाग भारततिर देखाएको भन्दै उनले चीन भ्रमण रद्द गरेका हुन् । नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनुलाई हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदमका रूपमा लिएको मेयर शाहको भनाइ छ ।
चीनको निमन्त्रणामा बिहीवारबाट हुने भनिएको आफ्नो ५ दिने भ्रमणमा नैतिकताको आधारमा नजाने निर्णय गरेको बालेनले सामाजिक सञ्जालमार्फत बताएका छन् । नेपालले ७ जेठ, २०७७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नेपालको नयाँ नक्सा निकालेको थियो ।
Facebook Comments Box