बझाङ: नेकपा (एमाले)का केन्द्रीय सदस्य तथा बझाङ क्षेत्र नं. २ का इन्चार्ज ऐन महरलाई डेंगु संक्रमण देखिएको छ । चैनपुरस्थित जयपृथ्वी अस्पताल भर्ना गरिएका उनलाई थप उपचारका लागि आज काठमाडौँ लगिँदै छ ।
प्रशिक्षक/प्रशिक्षण कार्यक्रममा सहभागी हुन गत ७ गते बझाङ आएका महर शुक्रबार पानकोटस्थित एमाले जिल्ला कमिटी बझाङको पूर्ण बैठकमा सहभागी भएका थिए ।
Facebook Comments Box