बैतडीः भारतले सोमवार धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोल्ने भएको छ । जिल्ला प्रशासन कार्यालय बैतडीले भोलि (सोमवार) बिहान ५ बजेदेखि मंगलबार बेलुकी ८ बजेसम्म धौलीगङ्गाको बाँधका ढोका खुल्ने सूचनामार्फत जनाएको हो ।
भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए ।
दार्चुलाको व्याँस गाउँपालिका–५ धौलाकोटदेखि बैतडीको पञ्चेश्वरसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
Facebook Comments Box