बैतडी: बैतडीको दोगडाकेदार गाउँपालिकाले दुई दिन गौरा पर्वका लागि बिदा दिने भएको छ । गाउँपालिकाका प्रवक्ता दिनेश भट्टका अनुसार सोमवार बसेको कार्यपालिका बैठकले भदौ २१ र २२ गते स्थानीय बिदा दिने निर्णय गरेको हो ।
भदौ ७ गते गौरा नमनाएका ठाउँमा हिजो सोमवार देखि गौरा पर्व सुरु भएको छ । भदौ २१ गते गौराको मुख्यदिन गौराष्टमी परेको छ ।
Facebook Comments Box