बैतडी: बैतडीको दशरथचन्द नगरपालिकाको देहीमाण्डौं स्वास्थ्यचौकी नगरपालिकामै उत्कृष्ट भएको छ । नगरपालिका अन्तर्गतका १७ ओटा स्वास्थ्य संस्थामध्ये देहीमाण्डौं स्वास्थ्यचौकी कार्यसम्पादनका आधारमा उत्कृष्ट भएको हो ।
स्वास्थ्यचौकीले प्रदान गरिरहेको सेवाका आधारमा नगरपालिकाले उत्कृष्ट ठहर गरेको स्वास्थ्यचौकीकी इञ्चार्ज निर्मला पन्तले बताइन् ।
स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं दशरथचन्द नगरपालिका-२ का वडा अध्यक्ष सुर्यबहादुर बोहराले आगामी दिनमा स्वास्थ्यचौकीले प्रदान गर्ने सेवाहरुलाई अझै परिष्कृत गरेर लगिने बताए ।
Facebook Comments Box