कञ्चनपुर: कञ्चनपुरको बेलौरी नगरपालिकाले गौरा पर्वका लागि दुई दिन बिदा दिएको छ । मंगलवार नगरपालिकाले सूचना जारी गर्दै गौरा पर्वको अवसरमा २१ र २२ गते बिदा दिने निर्णय भएको जनाएको हो ।
त्यस्तै, कृष्णपुर नगरपालिकाले पनि गौरा पर्वकै अवसरमा २१ गते सार्वजनिक बिदा दिइएको सूचनामार्फत जानकारी दिएको छ ।
सुदूरपश्चिममा भदौ ७ गते गौरा पर्व नमनाएका ठाउँमा हिजो (सोमवार)देखि मनाउन सुरु गरिएको छ । भदौ २१ गते गौराको मुख्यदिन गौराष्टमी परेको छ ।
Facebook Comments Box