धनगढीः सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री झपटबहादुर साउँदले आज एक रेस्टुरेन्टको उद्घाटन गरे।
उनले धनगढीको चौराहमा मनोहर रेस्टुरेण्ट तथा क्याफेको रिवन काटेर उद्घाटन गरेका थिए।
गाडी सवारी र पिएसओसहितको तामझाम बोकेर उनी त्यहाँ उद्घाटनमा पुगेका थिए।
तर, अहिले भने उनको आलोचना हुन थालेको छ। सरकार र अहिलेका प्रदेशका मन्त्रीहरु फुर्सदिला भएको भन्दै आलोचना भैरहेको हो।
माओवादीबाट मन्त्री बनेका झपटले रेस्टुरेन्ट उद्घाटन गरेपछि काम नपाएर उद्घाटनमा गएको भन्दै गाली खाइरहेका हुन्। तर ती मन्त्रीले भने आफूले युवालाई स्वरोजगार बन्न प्रोत्साहन गरिरहेको बताएका छन्।
Facebook Comments Box