बैतडी: बैतडीको खोड्पेमा देउडा प्रतियोगिता हुने भएको छ । खोड्पे बजारमा गौरा पर्वको अवसरमा यही भदौ २६ गतेदेखि २८ गतेसम्म महिला पुरुष देउडा प्रतियोगिता हुने भएको हो ।
पाटन नगरपालिका-८, खोड्पे बजार व्यवस्थापन समिति, सिद्धेश्वर खोड्पे खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र राम मन्दिर व्यवस्थापन समितिको आयोजनामा प्रतियोगिता हुन लागेको छ ।
स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले देउडा प्रतियोगिता राखिएको बताइएको छ । प्रतियोगितामा प्रथमलाई १० हजार, द्वितीयलाई ७ हजार, तृतीयलाई ५ हजार र सान्त्वना पुरस्कार २ हजार नगदसहित प्रमाण प्रदान गरिनेछ ।
Facebook Comments Box