धनगढीः सशस्त्र प्रहरीको कारण एक जना बालकको आँखा फुटेको छ। बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १४ का निवासी जैयद हाश्मीको आँखा फुटेको हो। भदौ १४ गते चौलिक्का चोकमा स्थानीयबासीसँग भएको झडपमा सशस्त्र प्रहरीले बोकेको बन्दुकको कुन्दाले लागेपछि बालकले आँखा गुमाउनुपरेको बताइएको छ।
तर, बालकको परिवारले झडपमा नभई सशस्त्र प्रहरीको निर्घात कुटाइबाट आँखा फुटेको आरोप लगाएका छन्। सो दिन राति चौलिका नजिकको ठेलामा माछा खाने क्रममा ३० नम्बर गणबाट खटिएको टोलीले राइफलको कुन्दाले हान्दा आँखा फुटेको बालकको भनाई छ।
बालकका अनुसार सशस्त्र प्रहरीहरुले उनलाई तस्कर भन्दै कुटेका थिए। उक्त घटनामा संलग्न सशस्त्र प्रहरीको हालसम्म पनि पहिचान हुन सकेको छैन। घाइते बालकको नेपालगञ्जस्थित फत्तेबाल आँखा अस्पतालमा उपचार भइरहेको छ।
Facebook Comments Box