काठमाडौं : नेपाल प्रहरीका आइजी वसन्त कुँवरसहितको एक टोली कोरिया प्रस्थान गरेको छ ।
कोरियन एयरको केइ ६९६ को उडानमा आज साँझ सवा ७ बजे गृह मन्त्रालयका सहप्रवक्तासहित प्रहरीको उच्च नेतृत्व सिओलतर्फ लागेको हो ।
टोलीमा आइजी कुँवर, एआइजीद्वय टेकप्रसाद राई, मिरा चौधरी, गृह मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीलगायत ९ जना छन् ।
उनीहरु सिओलमा आयोजना हुने साइवर सुरक्षासम्बन्धी कार्यक्रममा सहभागी हुन त्यता गएको बताइएको छ ।
Facebook Comments Box