धनगढी: नेकपा एकीकृत समाजवादीको कैलाली जिल्ला कमिटीमा पदाधिकारीको जिम्मेवारी हेरफेर गरिएको छ। भदौ २४ गते समाजवादीको जिल्ला कमिटी बैठकले जिम्मेवारी हेरफेर गरेको हो।
पार्टी स्रोतका अनुसार बैठकले सक्रियताका आधारमा जिम्मेवारी हेरफेर गरिएको हो। जसमा यसअघि सहसचिवको जिम्मेवारीमा रहेका दीर्घ जोशीलाई सचिवको जिम्मेवारी दिएइको छ। भने जिल्ला सचिवको जिम्मेवारीमा रहेका खडक रावतलाई उपाध्यक्ष बनाइएको छ।
रावत घोडाघोडी नगरपालिकाका मेयरसमेत हुन्। उनको व्यस्तताका कारण पार्टी सचिवको जिम्मेवारी हेरफेर गरेको बुझिएको छ।
Facebook Comments Box