काठमाडौँ: प्रतिनिधि सभा सदस्य एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर आज दिउँसो १ बजेपछि उनकै निवास बालुवाटारमा राखिने भएको छ ।
दिउँसोसम्म भने एमाले पार्टी कार्यालय ललितपुरको च्यासलमा राखिनेछ । उनको भोलि पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।
सरकारले शोकमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । पूर्व सभामुख नेम्वाङको हिजो राति हृदयघातका कारण निधन भएको थियो ।
Facebook Comments Box