डडेल्धुरा: प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपककुमार कार्कीले जिल्ला प्रहरी कार्यालय डडेल्धुराको कमाण्ड सम्हालेका छन्।
डडेल्धुराका डीएसपी मनोहरप्रसाद भट्टको जिल्ला प्रहरी कार्यालय रुपन्देही सरुवा भएपछि नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्साल काठमाडौंबाट सरुवा भएका कार्कीले डडेल्धुरा प्रहरीको कमाण्ड सम्हालेका हुन्।
आइतबारदेखि डडेल्धुरा प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका कार्कीले लागुऔषध नियन्त्रण तथा न्यूनीकरणका लागि विशेष अभियान थाल्ने बताएका छन्।
बुधबार जिल्ला प्रहरी कार्यालय डडेल्धुरामा आयोजित पत्रकारहरूसँगको अन्तरक्रिया तथा परिचयात्मक कार्यक्रममा डीएसपी कार्कीले जिल्लामा लागुऔषध नियन्त्रण गर्नका लागि आफूले विशेष ध्यान दिने बताएका हुन्।
उनले जिल्लामा हुने जुवातास नियन्त्रणमा पनि सूचना पाउने बित्तिकै एक्सन लिने उनको दाबी छ। जिल्लामा ट्राफिक व्यवस्थापन तथा सडक दुर्घटना न्यूनीकरण गर्नमा पनि आफूले काम गर्ने उनको भनाइ छ। मादक पदर्थ सेवन गरेर गाडी चलाउने चालकलाई कानुन बमोजिम कारबाही गरिने डीएसपी कार्कीले बताए।
उनले आफूसँग भएको अनुभवलाई प्रयोग गरेर यहाँका नागरिकलाई शान्तिसुरक्षा प्रदान गर्नमा कुनै कसर