धनगढी: कैलालीको कैलाली भन्सार कार्यालयभित्रैबाट एकजना भैँसी तस्कर फरार भएका छन्। इलाका प्रहरी कार्यालय बेलौरीले भैँसीसहित बुझाएका एक व्यक्ति भन्सार कार्यालयबाट फरार भएका हुन्।
हिजो दिउँसो कञ्चनपुरको बेलौरी नगरपालिका-६ बैसागाबाट इलाका प्रहरी कार्यालय बेलौरीले भारतबाट चोरबाटो हुँदै नेपाल भित्र्यायाउँदै गरेका दुई भैँसीसहित भैँससहित हर्कबहादूर खत्रीलाई पक्राउ गरेको थियो। दिउँसो ३ बजे इलाका प्रहरी कार्यालय बेलौरीले उनलाई भैँसीसहित कैलाली भन्सार कार्यालयमा बुझाएको थियो।
भन्सार कार्यालय कैलालीले भैँसी र पक्राउ परेका खत्रीको निगरानी राख्न सशस्त्र प्रहरीलाई जिम्मा लगाएको थियो। तर, सशस्त्र प्रहरीको शुरक्षा घेराभित्रैबाट खत्री फरार भएका छन्।
Facebook Comments Box