काठमाडौं: दार्चुलाबाट भारतीय बाटो हुँदै जिल्लाकै अर्को स्थान व्यास गाउँपालिकाकाे तिंकरमा जान खोज्दा भारतीयले रोक लगाएको विषयमा छलफल भएको छ। दार्चुलामा हिजो उक्त विषयमा नेपाल र भारतका अधिकारीहरूबीच छलफल भएको हो।
केही समयअघि महाकाली नगरपालिकाका नगरप्रमुख नरसिंह चैसिर, व्यासकै पालिका अध्यक्ष मंगल धामी र एक विद्यार्थी नेता दिपक खातीलाई एसएसबीले रोकेको थियो।
छलफलमा आफ्नो पक्षबाट कमजोरी भएको भारतीय पक्षले स्वीकार गरेकाे छ। र, आगामी दिनमा यस्तो अवस्था दाेहाेरिन नदिन गम्भीर रहेको उसले बतायो।
छलफलबाट एक-आपसमा सम्पर्क, समन्वय बढाउनुपर्ने दुवै पक्षले निश्कर्ष निकालेको थियो।
दार्चुलापारी एसएसबीको दादागिरी, बर्दिधारीलाई छुट, जनप्रतिनिधिलाई अवरोध
Facebook Comments Box