बैतडी: हेटौंडामा डाक्टरमाथि कुटपिट भएपछि बैतडी अस्पतालका चिकित्सकले सेवा बन्द गरेका छन् । दोषीलाई कारबाहीको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रेका हुन् ।
हेटौंडास्थित सञ्चो अस्पतालका डा.विकास थापा र डा.प्रशान्त बिडारीमाथि भएको सांघातिक आक्रमणको निन्दा गर्दै बैतडी अस्पतालमा कार्यरत चिकित्सकहरुले आज कालोपट्टी बाँधेर विरोध गरेका हुन् ।
साथै स्टेथस्कोप जिल्ला प्रशासन कार्यालयमा बुझाएको डा.धिरज जैसवालले बताए । डाक्टरहरुमाथि लामो समयदेखि आक्रमण हुँदै आएकाले अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई सुरक्षाको प्रत्याभूती नहुँदासम्म बिरामीको चेकजाँच गर्न नसिकने चिकित्सकहरुले प्रशासनलाई बुझाएको पत्रमा उल्लेख छ ।
त्यस्तै, जिल्ला अस्पताल बैतडीमा भोलिदेखि आकस्मिक बाहेकका सबै सेवा बन्द रहने बताइएको छ ।
Facebook Comments Box