काठमाडौं: नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले वल्ड ओलम्पियन्स एसाोसिएसनको वल्र्ड आोलम्पियन्स फोरममा भाग लिने भएका छन्। टर्कीको स्तानबुलमा शनिबार र आइतबार दुई दिने फोराममा विष्टले भाग लिने भएका हुन्।
त्यसका लागि विष्ट बिहीबार प्रस्थान गर्दैछन्। फोरममा विश्वका १ सय ५० भन्दा बढी ओलम्पिन्स संघका प्रतिनिधिको सहभागिता रहनेछ। संघले पछिल्लो दुई वर्षमा गरेको कामलाई फोरममा प्रस्तुत गरिने विष्टले जानकारी दिए। उनले एसियन ओलम्पियन फोरम आयोजनाका लागि प्रस्ताव राख्ने र सहभागीलाई नेपाल भ्रमणको निमन्त्रणा दिने योजनामा आफू रहेको विष्टले बताए।
विष्टलाई नेपाल ओलम्पिक कमिटी (एनओसी) का अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन्स संघका महासचिव राजेन्द्र भण्डारीलगायतले बिदाई गरेका थिए।