दार्चुलाः दार्चुलामा चट्याङ लागेर एक युवती घाइते भएकी छन्।
हिजो(बिहिवार) जिल्लाको मालिकार्जुन गाउँपालिका–८ औडाखानका मनीराम लुहारकी १८ वर्षीया छोरी शान्ति लुहार चट्याङ लागेर घाइते भएकी छन्। उनको स्थानीय स्वास्थ्यचौकीमा उपचार भएको थियो।
यस्तै दार्चुलाकै शैलेशीखर नगरपालिका–५ सेतकला स्थित एक घरमाथि चट्याङ पर्दा तीन पशुचौपाया मरेको प्रहरीले जनाएको छ।
Facebook Comments Box