धनगढी: नेपाल-भारतमैत्री बस खोलामा फसेको छ। आज (शुक्रवार) हरिद्वार-बिजनौर सीमाको एक खोलामा बस फसेको हो। सो क्षेत्रमा लगातारको अविरल वर्षाका कारण बस खोलामा फसेको बताइएको छ।
बस फसेको जानकारी पाएलगत्तै प्रहरी र एसडीआरएफ टोली घटनास्थलमा पुगेर उद्धार गरेको थियो। प्रहरीका अनुसार सबै यात्रुको उद्धार गरिएको छ। बसमा ५३ जना यात्रु सवार थिए।
हरिद्वार–बिजनौर सीमामा रहेको कोतवाली नदीको पुलमा क्षति पुगेको बताइएको छ। राप्ताबाट शुक्रबार बिहान भारत-नेपाल मैत्री बस छुटेको थियो। त्यसपछि खोलाको पानी बढ्यो र बस नदीमा फसेको थियो।
हालै सोही खोलामा अर्को बस फसेको थियो। त्यसमा पनि नेपालका यात्रु थिए।
Facebook Comments Box