काठमाडौँ: काठमाडौंको तीनकुने गैह्रीगाउँ स्थित एक स–मिलमा गए राति खुकुरी प्रहार गरी चार जनाको हत्या गरिएको छ। हत्या अभियोगमा एकजना शंकास्पद व्यक्ति पक्राउ परेको प्रहरीले बताएको छ।
ती शंकास्पद व्यक्ति ट्याक्सी चढेर हत्याको खबर गर्न तीनकुनेस्थित प्रहरी कार्यालय पुगेका थिए।
हत्या गरिएकामा एकै परिवारका ३ सहित ४ जना छन्। हत्या गरिएकामा दोलखाको कालिञ्चोक गाउँपालिका–८ का करिब ५५ वर्षीय कुमार भुजेल, उनकी आमा ७० वर्षीय सुभद्रा भुजेल र श्रीमती अम्बिका भुजेल छन्। मोरङका १९ वर्षीय नवीन राईको पनि सोही स मिलभित्र हत्या गरिएको छ।
हत्या भएको खबर गर्न प्रहरी कार्यालय पुगेका दिपेन्द्र राईका बुवाले सो काठमिलमा केही अघि काम छाडेको बताइएको छ।
Facebook Comments Box