काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड संयुक्त राष्ट्रसंघको ७८औँ महासभामा भाग लिन आज अमेरिका जाँदै छन्। साँझ ६ बजे उनी महासभामा सहभागी हुन न्युयोर्क प्रस्थान गर्न लागेका हुन्।
प्रधानमन्त्री प्रचण्डले बुधबार संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ। अमेरिकामा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंगकाह महासचिव एन्टोनियो गुटेरेससहित विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्।
Facebook Comments Box