बैतडीः बैतडीमा सर्पको टोकाइबाट एक किशोर घाइते भएका छन्। जिल्लाको मेलौली नगरपालिका-१ बगजेबलाका १७ वर्षीय सुजल दयाल सर्पको टोकाइबाट घाइते भएका हुन्।
सुजललाई शुक्रबार बेलुका घरनजिकै बाटोमा हिंडिरहेका बेला सर्पले टोकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता योगेश खत्रीले जानकारी दिए।
घाइते सुजलको खुट्टामा टोकेको र उनको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको बताइएको छ।
Facebook Comments Box