बैतडीः बैतडीमा एक बालिका मृत फेला परेकी छिन्।
जिल्लाको दशरथचन्द नगरपालिका–१ मुणापका लोकेन्द्रसिंह भाटकी १२ वर्षीया छोरी मनिषा भाट शनिबार दिउँसो घरभित्रै मृत फेला परेकी हुन्।
प्रहरीका अनुसार उनी झुण्डिएको अवस्थामा फेला परेकी हुन्। प्रहरीको टोलि अहिले घटनास्थल पुगेको छ।
घटना बारे थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
Facebook Comments Box