काठमाडौं : नेपाल प्रहरीले गएराति राजधानीको तीनकुने गैरीगाउँस्थित दिव्य सःमिलमा भएको चार जनाको हत्याको अनुसन्धान थालेको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रहरी वरीष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरको संयोजकत्वमा पाँच सदस्यीय छानबि समिति गठन गरेको जानकारी दिएको छ ।
समिति सदस्यहरुमा जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी नायव उपरीक्षक हरि खतिवडा, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुवास खड्का र काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक सुरक्षा केसी तथा प्रहरी वृत्त नयाँ बानेश्वरका प्रहरी निरीक्षक वीरेन्द्र केसी छन् ।
एउटै परिवारका तीन जनासहित चार जनाको हत्या मध्यरातमा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उक्त घटनामा संलग्न भएको आशंकामा २८ वर्षीय दीपेन्द्र पक्राउ परेका छन् ।
सःमिलमा चौकीदार काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनीका श्रीमती ५२ वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारीका १९ वर्षीय नवीन राईको शव आज बिहान फेला परेको हो ।