धनगढी : कैलाली हार्डव्ययर व्यवसायी संघका अध्यक्ष तथा युवा उद्यमी कुवेर शाहीले श्रमको सम्मान गर्ने परिपाटिको विकास हुनु जरुरी रहेको बताएका छन् ।
शनिबार सुदूरपश्चिम प्रदेश प्लम्बर एशोशियसनको दोस्रो साधारण सभा उद्घाटन गर्दै अध्यक्ष शाहीले विदेशमा युवाले श्रम गर्दा राष्ट्रलेनै सम्मान गर्न जानेको बताउँदै विदेश जस्तै नेपालमा पनि सरकारी स्तरबाटै श्रमको सम्मान गर्ने नीति अवलम्बन गरिनुपर्ने बताए ।
उनले प्लम्बरले समय सापेच्छे अनुसार अपग्रेट हुन सक्नुपर्ने बताए । अहिले अनुभवका आधारमा काम गर्ने परिपाटी भएपनि विस्तारै प्रमाणपत्र देखाउनुपर्ने स्थिती आउन थालेको बाउादै उनले शिप विकाउन सिटिइभिटीको तालिम लगेर दक्षताको प्रमाणपत्र आर्जन गर्न आग्रह गरे । हार्डव्यर व्यवसायी र प्लम्बर व्यवसायीको काम एक अर्कोको परिपुरक भएको उनले बताए ।
अध्यक्ष शाहीले हार्डव्ययर व्यवसायी संघले असोज १० गते देखि १४ गते सम्म धनगढीमा हार्डव्ययर एक्स्पोको आयोजना गर्न लागेको भन्दै उत्पादक कम्पनि र प्लम्बर व्यवसायीलाई एक्सोमा सहभागिता जनाउन आग्रह गरे । उत्पादन कम्पनिलाई आफ्नो उत्पादनको प्रचार गर्न सहज हुने र प्लब्मर व्यवसायीलाई कस्तो समग्री बजारमा उपलब्ध छ, गुणस्तरिय सामग्री कसरी पहिचान गर्ने भन्ने कुराको ज्ञान हाँशील गर्न सहयोग पुग्ने उनले बताए ।
स्पर्स पर्लका कन्ट्रि हेड मिथुन शर्माले पलम्बर व्यवसायी जुनसुकै स्थानमा गएर पनि सजिलै बजारमा विक्न सक्ने व्यवसायय भएको बताए । त्यसैले प्लम्बर व्यवसायीले आफुलाई कम्जोर ठान्नु पर्ने कुनै कारण नभएको उनले बताए ।
यसैगरी बाँके प्लम्बर एशोसियसनका अध्यक्ष अशोक कुमार चौधरीले व्यवसायीक एकजुटताले आत्मविश्वास बढ्ने बताए । साथै व्यवसायीक एकताले आपसमा हुने अस्वस्थ प्रतिष्पर्धा पनि हट्ने उनले बताए ।
कार्यक्रममा एनवीक्यु एस परियोजना संयोजक डिल्लिराज भट्ट, पेन्टर एशोसियसनका अध्यक्ष रामकुमार चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए । प्लम्बर एशोशिएसनका अध्यक्ष हिरा चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रम सञ्चालन सुरज रानाले गरेका थिए, भने स्वागत मन्तव्य सचिव राजकुमार चाधरीले गरे । साधारणसभामा एशोसिएसनका कोषाध्यक्ष हेमराज चौधरीले आयव्यय विवरण प्रस्तुत गरेका थिए ।