बैतडीः बैतडीमा जीप र मोटरसाइकलको ठक्करबाट एक जना घाइते भएका छन्। जयपृथ्वी राजमार्ग अन्तर्गत जिल्लाको पाटन नगरपालिका–८ ज्यापुमा जीप र मोटरसाइकल एक-आपसमा ठोक्किंदा मोटरसाइकल चालक घाइते भएका छन्।
बझाङबाट धनगढी आउँदै गरेको से १ ज ९७९ नम्बरको जीप र धनगढीबाट बझाङतर्फ गइरहेको से ७ प ६२८५नम्बरको मोटरसाइकल एक-आपसमा ठोक्किएका हुन्।
उक्त दुर्घटनामा मोटरसाइकल चालक सुर्नया गाउँपालिका–५ का मदन बिष्ट घाइते भएका छन्। उनको डडेल्धुरामा उपचार हुन नसकेपछि धनगढी रेफर गरिएको छ।
Facebook Comments Box