धनगढीः कैलालीमा लागुऔषधसहित एक पुरुष पक्राउ परेका छन्। जिल्लाको धनगढी उपमहानगरपालिका २ त्रिनगर ब्यारेलबाट कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका पदम बिष्ट पक्राउ परेका हुन्।
शुक्लाफाँटा नगरपालिका १ बस्ने २४ वर्षीय पदम बिष्टलाइ स्पास नामक १५५ पिस र अल्पाजोलम २० पिस ट्याब्लेटसहित प्रहरीले शनिवार साँझ पक्राउ गरेको हो।
प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा बिष्टको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ।
Facebook Comments Box