कञ्चनपुर: प्रतिबन्धित लागुऔषधीसहित कञ्चनपुरमा एकजना पक्राउ परेका छन्। भीमदत्त नगरपालिका– ११ गड्डाचौकीबाट लागुऔषधसहित उनी पक्राउ परेका हुन्।
गड्डाचौकीबाट १ एमपुल डाइजेफाम, २२ एम्पुल फेनारगन र १० एम्पुल रेक्सोजेसिकसहित बेदकोट नगरपालिका–७ बस्ने २० वर्षीय सन्तोष भट्ट शनिबार राति पक्राउ परेका प्रहरीले जनाएको छ।
ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा भट्टको साथबाट उक्त लागुऔषधी फेला परेको बताइएको छ।
Facebook Comments Box