धनगढी: कञ्चनपुरस्थित नेपाल-भारत सीमानाका क्षेत्रमा अवैध चामल फेला परेको छ। आज (आइतबार) प्रहरीले जिल्लाको पुनर्वास नगरपालिका-६ मा उक्त चामल फेला पारेर बरामद गरेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरीको आरआइटी र त्यहाँको स्थानीय प्रहरी टोलीले ६० बोरा अवैध चामल फेला पारेको र बरामद गरिएको जनाएको छ। भारतबाट नेपालतर्फ आउने बाटोमा बेवारिसे अवस्थामा चामल भेटिएको थियो। अहिले प्रहरीले सो चामललाई भन्सार पठाउने तयारी गरिरहेको छ।
Facebook Comments Box