काठमाडौं : न्यायाधीशका लागि लिएको लिखित परीक्षामा १ जना मात्र उत्तीर्ण भएका छन्। आइबतार न्याय सेवा आयोगले जारी गरेको सूचनामा१ जना मात्र उत्तीर्ण भएको उल्लेख छ।
२९ जना जिल्ला न्यायाधीशका लागि आयोगले २०८० साउन १६ देखि २० गतेसम्म लिएको लिखित परीक्षामा २११ जना सहभागी भएकोमा एकजना मात्र उत्तीर्ण भएका हुन्।
आयोगले पारसमणि पोखरेललाई मात्र अन्तर्वार्ताका लागि सिफारिश गरेको छ।
आयोगले आन्तरिक खुलातर्फ १५ जना, खुलातर्फ ७ जना, महिला २ जना, आदिवासी जनजाति २ जना, मधेशी २ जना र दलित १ जना गरी कुल २९ जना जिल्ला न्यायाधीशका लागि परीक्षा लिएको थियो।
Facebook Comments Box