धनगढी: कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक अवस्था कमजोर भएका परिवारका सदस्यहरूको दाहसंस्कारका लागि ५ हजार प्रदान गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाको ९औं स्थापना दिवसको अवसरमा विपन्न परिवारलाई दाहसंस्कार गर्न प्रति परिवार ५ हजार दिने निर्णय गरिएको नगरप्रमुख गोपाल हमालले जानकारी दिए।
उनले आर्थिक अवस्था कमजोर भएका परिवारले खर्च लिन नगर प्रहरीलाई सम्पर्क गर्न आग्रह गरे। त्यसपछि नगरपालिकाका प्रतिनिधिहरुले घरमै रकम गएर उक्त रकम दिने हमालले बताए।
Facebook Comments Box