काठमाडौं – सशस्त्र प्रहरीमा रिक्त अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा हुन ४ जना डीआईजीले आवेदन दिएका छन् ।
चैत ३० मा बढुवा समितिका सदस्य–सचिव आईजीपी पुष्पराम केसीले प्रतिस्पर्धीहरुलार्ई ३ दिने सूचना जारी गरे अनुरुप ४ जनाले आबेदन दिएका हुन् ।
सशस्त्र प्रहरीमा एआईजीको १ सिट रिक्त छ । सो सिटमा बढुवा हुन ‘योग्य छौं’ भनेर डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र वंशीराज दाहालले आवेदन दिएका हुन् । डीआईजी अर्याल बरियताको एक नम्बरमा छन् ।
बरियताको दोस्रो नम्बरमा पौडेल, तेस्रो नम्बरमा सिपी गौतम र चौंथो नम्बरमा दाहाल छन् । अर्याल र नारायणदत्त पौडेल २०५४ चैतमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । गौतम २०५२ वैशाखमा सेनाको सह–सेनानीमा भर्ना भएर सशस्त्र प्रहरीमा आएका हुन् ।
अहिले एआईजीमा बढुवा हुने अधिकृत २०७९ वैशाख १८ पछि आईजिपी नियुक्त हुन्छन् ।